Section 12
प्रस्ताव उपर बिचार गर्नु पर्ने
(१) जाँचबुझ समितिले दफा ११ बमोजिम पेश भएको प्रतिवेदन सभामुखले व्यवस्थापिका–संसदमा पेश गर्नेछ ।
(२) उपदफा (१) बमोजिम पेश भएको प्रतिवेदन दफा ३ को उपदफा (२) बमोजिम पेश भएको प्रस्तावको अभिन्न अङ्ग हुनेछ ।
(३) व्यवस्थापिका–संसदबाट दफा ३ को उपदफा (२) बमोजिमको प्रस्ताव स्वीकृत भएमा आरोपित संवैधानिक पदाधिकारी उपर महाभियोगको प्रस्ताव पारित भएको मानिनेछ ।